आगलागीमा परी बेपत्ता भएको रोहिंग्याको खोजी तीव्र

एजेन्सी । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा परी बेपत्ता भएकाको खोजीलाई तीव्र बनाइएको छ ।

आगलागीमा परेर करिब ४ सय जना बेपत्ता भएका थिए । उक्त आगलागीमा परेर हालसम्म १५ जनाले ज्यान गुमाएको तथा ४ सय जना बेपत्ता भएको संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी युएनएचसीआरले जानकारी दिएको छ ।

युएनएचसीआरका अनुसार आगलागीबाट १ हजार घर जलेर नष्ट भएका छन् ।

शरणार्थी शिविरमा ११ लाख रोहिंग्या रहेका थिए । आगलागी पश्चात् त्यहाँ भागदौड मच्चिएको थियो ।

शिविरमा म्यानमारमा हिंसा भड्किएपछि रोहिंग्या बस्न पुगेका हुन् । बंगलादेशको सरकारले अवस्थालाई मध्येनजर गर्दै आगलागी पीडितलाई अस्थायी क्याम्पमा राखेको छ भने केही पीडित साथीको घरमा बसेका छन् ।

कमेन्टहरु
Loading...