अफ्गानिस्तानमा हिमपहिरोमा परी २ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका २ जना व्यक्तिको ज्यान जानुको साथै अन्य र २ जना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताएका छन् ।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको प्राकृतिक प्रकोपमा परी १ पिता र उनकै छोराको ज्यान गएको छ । त्यसैगरी एकै परिवारका २ जना घाइते भएका अधिकारीहरु जनाएका छन् । अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत २ दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ । रासस

कमेन्टहरु
Loading...