एजेन्सी । अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध तरिकाले गोली चलाउँदा १० जनाको ज्यान गएको छ ।
स्थानीय समयअनुसार सोमबार करिब साढे ३ बजे कोलोराडोस्थित बोल्डर काउन्टीको एउटा ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । सोही क्रममा १ जना प्रहरी अधिकारी सहित १० जनाको ज्यान गएको हो ।
गोली चलाउने बन्दुकधारी प्रहरीको नियन्त्रणमा छन् । घटनामा उनी आफैं पनि घाइते भएको बताइएको छ । बन्दुकधारीले अन्धाधुन्ध तरिकाले किन गोली चलाए भन्ने विषयमा खुलिसकेको छैन ।
घटनाका विषयमा राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ गरिएको बताइएको छ । अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने कानुन छ । सोही कारण त्यहाँ समय–समयमा आक्रमणका त्यस्ता घटना भइरहेका हुन्छन् ।