राति १० बजे पनि उठाइँदैछ पार्किङ शूल्क, पत्रकारलाई पनि छाडेनन्

फाइल तस्बिर

गन्थन डेस्क

पोखरा महानगरमा सवारी साधनको शूल्क उठाउने ठेक्का पाएको सावित्री जेभीले रातको १० बजेसम्म पार्किङ शूल्क उठाउने गरेको छ ।

शुक्रबार राति लेकसाइड क्षेत्रमा पार्किङ शूल्क उठाइरहेको सूचना पाएपछि स्थलगत रिपोर्टिङमा पुगेका पत्रकारलाई पनि जेभीले छाडेन । पत्रकार एवं गन्थन ब्रोडकास्टिङ मिडिया प्रालिका प्रबन्ध निर्देशक कमल सुवेदीलेसमेत पार्किङ शूल्क तिर्न बाध्य भए ।

‘रातको १० बजे पनि शूल्क उठाएको सूचना पाएपछि वास्तविकता बुझ्न गएको थिए’ सुवेदीले भने ‘उनीहरुले मलाई पनि शूल्क मागे ।’ सुवेदीले आफु पत्रकार भएको बताउँदा पनि शूल्क तिर्न बाध्य भएको जनाएका छन् ।

पार्किङकै विषयमा जानकारी लिन जाँदा ‘राति पत्रकारको के काम हुन्छ र ?’ भन्दै बहस गर्न थालेपछि शूल्क बुझाएको उनले बताए । त्यसपश्चात् सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ‘शनिबार पनि पार्किङ शुल्क लिने कुन तरिका हो यो ? अनि राती १० बजे पनि पार्किङ शुल्क लिने तरिका के हो यो ? मेयरसाप मेरो गुनासो सुनुवाइ होला त ?’

सावित्री जेभीले महानगरसँग पोखराका मुख्य सडकसहित १५ स्थानमा पार्किङ शूल्क उठाउने सम्झाैता गरेको छ । हाल सम्झौताविपरित अन्य स्थानमा पनि शूल्क उठाउन थालेपछि ठेकेदार कम्पनी आलोचित हुँदै आएको छ ।

ठेकेदार कम्पनीले आफ्नै घर, कार्यालय र अस्पताल अगाडीबाट समेत शूल्क उठाएपछि स्थानीयहरुले विरोध गर्दै आएका छन् । यता, सडकलाई ठेक्का लगाएर रकम असुलेको भन्दै महानगर र मेयर मानबहादुर जिसीविरुद्ध जिल्ला

अदालत कास्कीमा मुद्दा दायर भएपछि अदालतले पार्किङ व्यवस्थित गर्न र हाललाई शूल्क उठाउन रोकेको छ । कम्पनीले २ वर्षसम्म ३ करोड १६ लाख रुपैयाँमा पार्किङ शूल्क उठाउन गत मंसिरमा महानगरसँग सम्झौता गरेको हो ।

 

कमेन्टहरु
Loading...