पोखरा २६ पुस/विभिन्न जडीबुटीको धुलोको मिश्रणलाई आगोको ज्वाला मार्फत मानिसको शरिरमा प्रहार गरी गराइने ज्वालाप्रज्वलन विधीको उपचारबाट नेपालीले मात्र हैन विदेशी पर्यटकहरुले समेत लाभ लिएका छन ।पोखरा घुम्न आएका सिंगापुर र अमेरिकाका दुइजना पर्यटकहरुले पोखरा १० रामघाट बुद्धशान्तिमार्गमा रहेको टांसी छ्योएलिङ गुम्बामा पुगेर ज्वाला प्रज्वलन विधीबाट उपचार गराएका हुन । हालै पोखरा हुदै उपल्लो मुस्ताङ घुमेर फर्किएका पर्यटकहरुले ज्वाला प्रज्वलन विधीबाट उपचार गराएको गुम्बाले जनाएको छ ।

पोखरा घुम्न आएका सिङ्गापुरका जोन सिअवोे र अमेरिकाका नान्सी स्टेचर्टले गुम्बामा पुगेर ज्वाला पद्धतिबाट उपचार गराएका हुन । पर्यटक संग आएका गाइडले उनीहरुलाई प्राकृतिक उपचार पद्धतिबाट उपचार गराउनका लागी गुम्बामा ल्याइएको गुम्बाका लामागुरु आम्ची गोपाल लामाले जानकारी दिए । अघिल्ला वर्षहरुमा पनि पर्यटक गाइडले आफुसंग आएका पर्यटकहरुलाई विरामी भएको वखतमा गुम्बामा ल्याइ ज्वालाप्रज्वलन बिधीबाट उपचार गराउदै आएको र यो पटक दुइजना पर्यटकहरुमा ढाड दुख्ने, हात झमझमाउने र टनसिलका साथै घांटीमा समस्या देखिएपछि उपचार गर्न ल्याएको् र उनीहरुलाई प्राकृतिक उपचार पद्धतिबाट सन्चो गराइएको गुम्बाले जनाएको छ ।
दुइ दिन सम्म ज्वाला प्रज्वलन विधीबाट उपचार गराइ सफल भएपछि दुइजना पर्यटकहरु जोन र नान्सीले आफुहरुलाई ज्वाला पद्धतिको नया अनुभव भएको र यो विधीको उपचारबाट राहत मिलेको वताए । आफुहरुलाई पहिल्यैदेखि टनसिल र ढाडको समस्या भएको र योगाको माध्यामबाट उपचार गराउदै आएका्े भएतापनि यो पटक समय कम भएकाले योगाको माध्यामबाट उपचार गराउदा वढी समय लाग्ने भएकाले आफुहरुलाई सहयोग गर्ने नेपालीले गुम्बामा ल्याएको वताए । उनीहरुले भने प्राकृतिक जडीबुटीको सहायताले उपचार गर्न पाएकोमा खुसी छौ हामीहरु योगा प्रशिक्षक हौ हामीले अस्पतालको उपचार भन्दापनि योगा र प्राकृतिक उपचारबाट सम्पूर्ण समस्याहरु समाधान गर्दछौ त्यही भएर हामी यहा आएका हौ ।
यसअघिपनि विभिन्न देशका पर्यटकहरु पोखरा घुम्न आएको वखतमा गुम्बामा ज्वाला प्रज्वलन विधीबाट उपचार गराउन आएको गुम्बाका लामा गोपाल गुरुङले वताए । विगत लामो समयदेखि विशेषगरी महिलाहरुमा हुने महिनावारी गडवडी, पिनास, छालाका विभिन्न रोगहरु, प्यारालाईसिस, ढाड दुख्ने विरामीहरुको ज्वाला प्रज्वलन विधीबाटख सफल उपचार गराउदै आएको गुम्बाले जनाएको छ ।