कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भ्रममा नपर्न नर्भिकको आग्रह

फाइल तस्बिर

गन्थन डेस्क

काठमाडौंः पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।

मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस नर्भिक इन्टरनेसनल हस्पिटलमा मस्तिष्काघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।’

जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...