पिएन क्याम्पसको अप्रिय निर्णयविरुद्ध अखिल र नेविसंघको तालाबन्दी

 

गन्थन डेस्क

पृथ्वी नारायण क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियु र नेविसंघले तालाबन्दी गरेका छन् ।

क्याम्पसले अप्रिय निर्णय गरेको भन्दै विद्यार्थी संगठनले संयुक्तरुपमा क्याम्पस प्रमुख डा. सरोज कोइरालाको कार्यकक्ष र शिक्षा संकायको कार्यालयमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा बिहानी सत्रमा पढाई हुँदै आएको शिक्षा संकायलाई दिवा सत्रमामात्रै पढाउने निर्णय भएपछि विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् ।

विद्यार्थी संगठनले यसअघि उक्त निर्णयस्वरुप क्याम्पस गेटमा विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी प्रमुखलाई बुझाएका थिए । पोखरा बाहिरका र प्रायः निम्न वर्गका विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा भएको यस्तो निर्णय विद्यार्थीको हितमा नरहेको उनीहरुले बताएका छन् ।

तालाबन्दीपछि ८ बुँदे ज्ञापनपत्र बुझाउँदै संगठनले ६ गतेदेखि बिहानी सत्रमा पढाई सुरु गर्नुपर्ने अल्टिमेटम दिएको छ । क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयले गरेको निर्णय पालना गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...