त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

शनिबार राति शिक्षण अस्पतालमा चिकित्सकहरुले करिब ८ घण्टाको समय लगाएर कलेजो प्रत्यारोपण गर्न सफल भएका हुन् । ती बालकलाई उनका ३५ वर्षीय बुबाले कलेजो प्रत्यारोपणका लागि दान दिएका थिए ।

शिक्षण अस्पताmका लिभर, प्यान्क्रियाज सर्जन प्रा.डा रमेश सिंह भण्डारीका अनुसार ती बालकको घर काभ्रे हो । उनको कलेजो प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा डेढ महिनादेखि तयारी गरिएको थियो ।

त्यति सानै उमेरका बालकलाई कलेजो प्रत्यारोपण गरिएको यो पहिलो पटक भए पनि शिक्षण अस्पतालमा यो ५ औं कलेजो प्रत्यारोपण हो ।

डा.भणडरीले नै शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका थिए ।

कमेन्टहरु
Loading...