एजेन्सी । साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार गरेको छ । विदेशी कामदारहरुलाई सहज हुने उद्देश्यसहित साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार ल्याएको हो । सुधार भएको प्रणाली आइतबारबाट नै लागू हुने भएको छ ।
साउदी अरबको मावन संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा उक्त प्रणालीको घोषणा गरेको थियो ।
यो प्रणाली लागु भएसंगै अब साउदी अरबमा रहेका मालिकको अनुमति बिना नै देशबाट बाहिरिन तथा देशमा भित्रिन सक्ने भएका छन् । मालिकसंग बढी जिम्मेवार बनाउन यो प्रणाली ल्याइएको हो ।
काफिला प्रणाली लागु हुनुभन्दा अगाडि साउदी अरबमा कुनै पनि विदेशी नागरिकले काम परिर्वतन गर्न चाहेको अवस्थामा मालिकका पूर्व स्वीकृति आवश्यक हुन्थ्यो । अब भने काम छाडेर अन्य काम गर्नका लागि मालिकको पूर्व स्वीकृति आवश्यक नपर्ने भएको छ ।
यो प्रणाली लागु भएसंगै साउदी अरबमा कामकारका रुपमा रहेका करिब १ करोड विदेशी नागरिकलाई सहज हुने भएको छ ।