जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति देउवा अस्पताल पुगे

काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पार्टी नेता तथा पूर्वमन्त्री समेत रहेका नवीन्द्रराज जोशीको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिन नर्भिक अस्पताल पुगेका छन् । पार्टी नेता जोशीलाई फागुन १४ गते मस्तिष्कघात भएपछि हाल उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । स्वास्थ्य सुधार नभएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

चिकित्सकहरुले नेता जोशीको स्वास्थ्य अवस्था अझै बिग्रिदैन गएको, स्थिर तथा जोखिमपूर्ण रहेको बताएका छन् । सोही विषयमा जानकारी लिन सभापति देउवा आज अस्पताल पुगेका हुन् । उनले जोशी पत्नी तथा परिवारका सदस्यलाई सान्त्वना दिएका छन् । देउवासंग जोशीको उपचारमा संलग्न चिकित्सकहरुले उनी अझै भेन्टिलेटरको सर्पोटमा रहेको बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...