काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा ८५ हजार ६ सयमा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २ सय मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मंगलबार तोलामा ६५ हजार १ सय ५० मा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ ले उकालो लागेको छ । १ हजार २ सय ५५ मा मंगलबार कारोवार भएको चाँदी आज भने तोलामा १ हजार २ सय ७० मूल्य निर्धारण भएको छ । रासस