पोखरा । दैनिक उपयोग गर्ने वस्तु खरिद गर्दा उपयोगकर्ताले सामान्य ध्यान समेत पु¥याएका हुँदैनन् । उपभोक्ताको यहीँ सामान्य हेलचेक्रायईका कारण व्यवसायीेले ठगी रहेका हुन्छन् । उपभोक्ता माझ नै उपभोक्ता सम्बन्धी नेपालको कानुनी व्यवस्था र अधिकारबारे सामान्य जानकारीसम्म नहुँदा व्यापारीले बढवा पाएका छन् । बजारमा चर्को मूल्य, कालोबजारी, गुणस्तरहिन सामान विभिन्न बाहना र कारणले उपभोक्ता ठगिएको गुनासो दिनप्रतिदिन बढिरहेको छ । यस विषयमा उपभोक्ता समेत सचेत हुनपर्नुे उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् ।
मंगलबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको उपभोक्ता जागरण कार्यक्रममा उनले उपभोक्ता कानुनी व्यवस्था र अधिकारबारे सचेत हुनुपर्ने बताए । ‘सामान किन्नुभन्दा अगाडि लेबलिङ हेर्न कहिले नछुटाउनु ।’ उनले भने, ‘निमार्ण भएको मिति, म्याद गुज्रेको छ वा छैन र अधिकतमा बिक्री गर्ने मूल्य कति हो त्यो अनिवार्य हेर्नुहोला ।’
‘कहिलेकाही लेबलिङ गरेको स्थानमा केरमेट गरेको छ भने त्यो सामान नलिनुहोला ।’ उनले सचेत गराउँदै भने, ‘केरमेट छ भने म्याद गुज्रेको सामान पुन बिक्रीमा राखेको हुन्छ कतिपय समयमा ।’ सामान खरिद गर्दा बिक्रेताले अधिकतम बिक्री मूल्यभन्दा बढीमा वस्तु बिक्री गर्न पाउँदैनन् । त्यहीभित्र कर, ढुवानी खर्च गरी सम्पूर्ण शूल्क जोडिएको हुन्छ । त्यसकारण पनि सामान खरिद गर्दा त्यसबाहेकको शूल्क तिर्नु नपर्ने कोइरालाले जानकारी दिए । वस्तु खरिद गर्दा सामान्य ध्यान दियौं भनेपनि ठगिनबाट जोगिन सकिने कोइरालाको भनाई छ ।
त्यस्तै उक्त कार्यक्रममा सहभागीले विभिन्न तरिकाले ठगिने गुनासो गरेका थिए । कार्यक्रममा उपस्थित किरण त्रिपाठीले भारतबाट आयात सामान खरिदमा बढीमा शूल्क तिर्नुपरेको गुनासो गरेको थिए । भारतबाट आएका सामानमा लेखिएको मूल्यलाई नेपाली रुपैंयामा परिणत गरेर सामान खरिद गर्ने गरिन्छ । त्यस्ता सामानमा ‘फर सेल इन नेपाल’ लेखिएको छ भने सामानमा तोकिएको अधिकतमा बिक्री मूल्यभन्दा बढी तिर्नु नपर्ने गण्डकी प्रदेश बजार अनुगमन टोली संयोजक नारायण आचार्य बताउँछन् । तर सामानमा एमआरपी प्राइज लेखेको छैन भने भारतीय मूल्यलाई नेपालीमा परिणत गरेर खरिद गर्दा नठगिने आचार्य बताउँछन् ।
आचार्य पनि सामान खरिद गर्दा खरिदकर्ताले सामान्य ध्यान दिए बजार नियन्त्रण सहज हुनेमा विश्वस्त छन् । तर उपभोक्तालाई सामान्य कानुनको र अधिकारबारे समेत ज्ञान नभएकोमा उनी गुनासो गर्छन् । ‘अधिकांश उपभोक्तालाई सामान खरिदबारे जानकारी छैन ।’ उनले भने, ‘उहाँहरु सचेत रहेर सामान खरिद गरे समस्या भए गुनासो ल्याए कारवाही गर्न हामीलाई समेत सजिलो हुन्थ्यो ।’
उपभोक्ताले आफू ठगिएको उजुरी त्यती दिँदैन, जसकारण कारवाहीको दायरामा आउनेको संख्या न्यून रहेको उनको भनाई छ । उपभोक्ता हित संरक्षणका सम्बन्धमा उपभोक्ता अधिकार संरक्षण ऐन २०७५ लागु भइसके पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेका कारण उपभोक्ता दिनानुदिन ठगिने गरेका छन् ।
बजारमा भएको यही समस्यालाई मध्यनजर गर्दै निर्देशनालयले स्थानिय तहसँग मिलेर पोखरा महानगरपालिकाका सबै वडामा विभिन्न चरणगरी उपभोक्ता सचेताका लागि सूचनामूलक जागरण अभियान सुरु गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडाका मूख्य व्यक्तिलाई सचेतना सम्बन्धी प्रशीक्षण र जानकारी दिएको छ । कोरोना कारण चरणवद्ध रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलबारसम्म कार्यालयले पोखरा महानगरपालिकाका २५ वटा वडालाई कार्यक्रममा सहभागी गराइसकेको छ । कार्यालयले वडामा कार्यक्रम सकिएपछि गाउँपालिका र जिल्लामा कार्यक्रम गर्ने तयारी रहेको जानकारी दिएको छ ।