काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरसको महामारीका कारण यो वर्षको शैक्षिक सत्र २ महिना धकेलिसकेको छ । यो वर्षको शैक्षिक सत्र सरकारले २ महिना पछाडि धकेलेर जेठ मसान्तसम्म पु¥याएको थियो । यस्तै नयाँ शैक्षिक सत्र असारबाट सुरु गर्ने सरकारले निर्णय गरिसकेको छ ।