धादिङकी रसिला तामाङलाई उपाधि

तनहुँ संवादाता ।

महिला खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी छन् ।

सोमबार भएको प्रथम व्यास नगर म्याराथन प्रतियोगितामा ५६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

उनले एक घण्टा ४९ मिनेटमा निर्धारित दुरी पार गरेकी हुन् । बिजेता बनेसँगै उनले नगद ४१ हजार ७७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

त्यस्तै खोटाङकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेण्ड र सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा पार गरी दितीय र तृतीय भएका छन् ।

उनीहरुले क्रमशः ३१ हजार ७७ र २१ हजार ७७ रुपैयाँ प्राप्त गरेका छन् । नारी दिवसको अवसरमा व्यासनगरपालिकाले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

व्यास गुफादेखि तनहुँसुरसम्मको म्याराथन प्रतियोगिताको दुरी २१ किलोमिटर रहेको थियो ।

विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न सहयोग पुग्ने विस्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

कमेन्टहरु
Loading...