विद्यार्थीलाई खुशीको खबरः चैत २० देखि परीक्षा केन्द्रमा सीसी क्यामेराको निगरानी

 

गन्थन डेस्क

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय अन्तरगतका परीक्षा केन्द्रमा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको निर्णयानुसार आगामी चैत २० गतेसम्म सम्पूर्ण क्याम्पसले परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गरिसक्नु पर्नेछ ।

समितिले जारी गरेको सूचनामा परीक्षा केन्द्र, उत्तर पुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारमा क्यामरा जडान गर्न निर्देशन दिइएको छ । उक्त कार्यको अनुगमन परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।

सम्पूर्ण क्षेत्रको निगरानी गर्ने सीसी क्यामराले उक्त दृश्यहरु घटीमा डेढ महिनासम्म रेकर्ड गरेर राख्नु पर्नेछ । त्रिविले जनाए अनुसार सीसी क्यामरा जडान नगर्ने केन्द्रलाई परीक्षा सञ्चालन गर्न दिइने छैन ।

 

कमेन्टहरु
Loading...