घारीपाटनको एसओएस विद्यालयमा विद्यार्थी परिषद् पदस्थापन

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुल पोखरामा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कोभिडका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै पदस्थापन गरिएको विद्यालयका प्रिन्सिपल फुर्बु थिन्लेले जानकारी दिएका छन् । परिषद्को क्याप्टेनमा छात्रतर्फ कक्षा १० का तेन्जिन हिसे र छात्रतर्फ छोइङ साङ्मो लामा चयन हुन सफल भएका छन् । क्याप्टेन द्वयलाई प्राचार्य फुर्बु थिन्लेले सपथ ग्रहण गराउँदै एसओएसको गरिमालाई कायम राख्न आग्रह गरे । परिषद्ले विद्यार्थीको हितमा काम गर्न र पढाइसँगै सहक्रियाकलापलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने थिन्लेले बताए ।

सोही अवसरमा विद्यालय प्रिफेक्ट्सका रुपमा छात्रहबाट सोनाम टासी गुरुङ,कर्म खामसुङ गुरुङ, कर्म छिरिङ गुरुङ र कर्म सेराब चयन हुन सफल भए । छात्राहरुमा छेवाङ छोडन, ल्हामो छिरिङ, कुसाङ वाङ्मो र तेन्जिन छोजिन छनोट हुन सफल भए ।

विद्यार्थीहरुको मतदानबाट चयन भएको नेतृत्वले यो शैक्षिक सत्रमा विद्यालयभित्र गरिने शैक्षिक र सहक्रियाकलापका कार्यक्रममा अन्तरसदनात्मक प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने विद्यालयका कोअर्डिनेटर गोविन केसीले जनाए ।

निर्वाचित क्याप्टेन तथा सदस्यलाई सम्मान स्वागत एवम् सपथ ग्रहण गराइएको कार्यक्रममा कक्षा मोनिटरलाई स्वागत गरिएको थियो । सो अवसरमा होस्टेल प्रिफेक्ट छात्रछात्रा, कक्षा मनिटरलाई सम्मान गरिएको विद्यालयकी शिक्षिक छिरीङ युडनले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...