सरकारले निजी विद्यालयलाई हस्तक्षेप गर्दैन ः शिक्षामन्त्री पौडेल

पोखरा, २४ पुस। नेपाल सरकारका शिक्षा, सामान्य प्रशान, सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकारले निजी विद्यालयमाथि हस्तक्षेप नगर्ने बताएका छन्।२४ औं प्याब्सन दिवसको अवसरमा प्याब्सन कास्कीद्वारा आयोजित त्रिदिवसीय कार्यक्रमअन्तर्गत अन्तिम दिनको कार्यक्रम २४ औं प्याब्सन दिवस एवं सम्मान समारोहको बुधबार पोखरामा उद्घाटन गर्दै मन्त्री पौडेलले निजी विद्यालयलाई हस्तक्षेप नगर्ने, नियमसंगतरूपमा हिँडाउने बरु संरक्षण गर्ने बताएका हुन्।25 year pura gareka Pabson School (1)उनले नेपालको शिक्षाको गुणस्तरलाई दक्षिण एसियामै अग्रणी बनाउने उद्देश्यले सरकारले शिक्षामा लगानी गर्न लागेको जानकारी दिए।सरकारले कुल बजेटको १६ प्रतिशत शिक्षामा लगानी गरेको भन्दै मन्त्री पौडेलले वर्षेनी शिक्षामा करिब ८० अर्ब लगानी भइरहेको बताए।‘अझै पनि विद्यालय जाने उमेरका शतप्रतिशत विद्यार्थीलाई विद्यालय जाने वातावरण तयार गर्न सकिएको छैन’–मन्त्री पौडेलको भनाइ थियो–‘३२ लाख जनसङ्ख्या निरक्षर र त्यो समुदायमा शिक्षाको पहुँच पुग्न सकेको छैन।’

यसै आर्थिक वर्षदेखि अआधारभूत शिक्षाअन्तर्गत कक्षा १ देखि ८ सम्मलाई निःशुल्क तथा अनिवार्य बनाउन कार्य सरकारले सुरु गरेको भन्दै मन्त्री पौडेलले पाँच विकास क्षेत्रका १० जिल्ला, पश्चिमाञ्चलका दुई, मध्यपश्चिमाञ्चलका तीन जिल्लासहित १३ जिल्लामा अनिवार्य शिक्षा लागू गर्ने बताए। उनले भने–‘पश्चिमाञ्चको कास्की, रूपन्देही, मनाङ, मुस्ताङ परेका छन्।’ सन् २०१५ को डिसेम्बरसम्म नेपाललाई निरक्षरमुक्त मुलुक बनाउनको लागि एक अर्ब विनियोजन गरेर काम सुरु गरेको भन्दै उनले आउने दुई वर्षभित्र ९० प्रतिशतभन्दा बढी साक्षर बनाउने र दक्षिण एसियामा राम्रो स्थानमा आउने विश्वास लिएको बताए।

संविधान सभासद् रबिन्द्र अधिकारीले निजी विद्यालयहरूले वर्षेनी राज्यको आठ–नौ अर्ब जोगाइदिएको दाबी गरे।‘शिक्षामा निजी क्षेत्रको लगानी ठूलो छ, यसको व्याख्या हजार जिभ्रो भएका शेष नागले पनि सक्दैनन्’–अधिकारीको भनाइ थियो–‘निजी क्षेत्रलाई अस्वीकार गर्न सकिँदैन र यसको कल्पना गर्न पनि सकिँदैन।’ निजी विद्यालयले कम्तीमा एउटा सरकारी विद्यालयसँग मीत लगाएर आफूजस्तै राम्रो बनाउन सक्नुपर्ने भन्दै त्यो काम प्याब्सनले कास्कीबाट सुरु गर्न आग्रह गरे। 

अर्का सभासद् यज्ञबहादुर थापाले त्रिविमा एउटा नेपाल र ग्रामीण भेकमा अर्को नेपाल गरी शिक्षामा दुईवटा नेपाल भएको बीपीको भनाइ स्मरण गर्दै भने–‘ सरकारले जुत्ता सिलाउने कारखाना खोल्ने होइन, जुत्ता सिलाउने वातावरण तयार पारिदिनुपर्छ।’ उनले शिक्षामा उन्नति गर्न सकिएन भने देश जहिले पनि तल पर्ने दाबी गर्दै शिक्षामा निजी क्षेत्रको लगानीको कदर गरे।

प्याब्सनका केन्द्रीय सदस्य वीरबहादुर बुढाथोकीले जबसम्म शिक्षामा विकास गर्न सकिँदैन तबसम्म कुनै पनि क्षेत्रको विकास नहुने बताए। उनले नीति निर्माण गर्दा सरोकारवालासँग सल्लाह नगरिकन ऐन नल्याउन आग्रह गर्दै त्यसको लागि संस्थागत विद्यालयहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ त्यो निभाउन प्याब्सन तयार रहेको बताए।संस्थागत विद्यालयले गरिब, जेहन्दार तथा पिछडिएका विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिँदै आएको छ तर हाम्रा विद्यार्थीलाई सरकारी सेवामा विभेद गरिँदै आएको छ।’

नेपाल शिक्षक युनियनका केन्द्रीय सदस्य जगन्नाथ अधिकारीले सरकारले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका राम्रा पक्षलाई Çयूजन गरेर नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए।शिक्षा क्षेत्रमा काम गर्ने १७ प्रकारका शिक्षक रहे पनि विभिन्न मितिमा भएका सम्झौता कार्यान्वयन नभएको गुनासो गरे। शिक्षाको गुणस्तरीयताको लागि समयअनुसार शिक्षामा परिवर्तन हुँदै जानुपर्ने भन्दै अधिकारीले भने–‘१७ वर्षपछि आयोग खुल्यो, नाम पनि निस्कियो तर छानबिन हुँदैछ तर पनि राम्रो रिजल्ट आउला।’ उनले देशको प्रत्येक दिन १५ सय देखि १९ सय शैक्षिक जनशक्ति विदेशिएकोले यसलाई रोक्न सरकारले उचित कदम चाल्नुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवहादुर कोइरालाले सरकारबाट आएका नीतिहरू निजी क्षेत्रसँग सरसल्लाह नगरिकन आउने गरेको गुनासो गर्दै शिक्षामा निजी क्षेत्रको लगानी नभुल्न आग्रह गरे। अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले अभिभावकको भावनालाई बुझेर विद्यालय सञ्चालन गर्न निजी शिक्षण संस्थाहरूलाई आग्रह गरे।उनले राज्यले शिक्षामा ठूलो लगानी गरे पनि बालुवामा पानी खन्याएसरी भएको बताए।

सो अवसरमा २५ वर्ष पूरा गरेका प्याब्सन कास्कीमा आवद्ध १० वटा विद्यालयलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो। सम्मानित हुनेमा अल्फा बोर्डिङ स्कुल, बालोदय उमावि, डायमण्ड उमावि, ज्योतिकुञ्ज बोर्डिङ स्कुल, मर्निङस्टार उमावि, शिशुकल्याण बोर्डिङ स्कुल, लोटस एकेडेमीक, मेरीगोल्ड बोर्डिङ स्कुल, स्टेप बाई स्टेप उमावि र नीलगिरि बोर्डिङ स्कुल रहेका छन्। उनीहरूलाई मन्त्री माधवप्रसाद पौडेल, शिक्षा विभागका सहसचिव सूर्यप्रसाद गौतम, क्षेत्रीय शिक्षा निर्देशक दिव्यकला बजिमय, जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेल, सभासद्द्वय रबिन्द्र अधिकारी र यज्ञबहादुर थापाले सम्मान गरेका थिए।

यस्तै सभासद्द्वय रबिन्द्र अधिकारी र यज्ञबहादुर थापा तथा क्षेशिनी दिव्यकला बजिमयलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनीहरूलाई प्याब्सनका केन्द्रीय सदस्यत्रय पुष्पराज बराल, वीरबहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सन कास्कीका वरिष्ठ सल्लाकार ध्रुव केसी, सल्लाहकार रत्नमान गुरुङ र अध्यक्ष चिनु रानाभाटले सम्मान गरेका थिए।कार्यक्रममा बेसलाइन एकेडेमीका विद्यार्थीले झिझिया र कौरा नृत्य प्रस्तुत गरेका थिए।

कमेन्टहरु
Loading...