तनहुँ संवादाता ।
जिल्ला कारागार तनहुँमा कैदिबन्दी बिच झडप हुँदा तिन नाइकेसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा नाइकेहरु अनुप थापा, धनबहादुर शाही र ज्ञानबहादुर बिक रहेका छन् ।
त्यस्तै कैदीबन्दीतर्फ कुलबहादुर तामाङ र माधब कडेल घाइते भएका छन् । चार जना घाइतेको दमौली अस्पताल र एक जनाको समाधान अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
कारागारको चौकीदार र नाइके हटाएर आँफुहरुले चाहेको ब्यक्तिलाई राख्नुपर्ने माग सहित उत्रिएका कैदिबन्दी बिच बिबाद हुँदा कारागारभित्रै झडप भएको हो ।
झडपमा परि घाइते भएकाको टाउकोमा चोट लागको छ । झडपमा लठ्ठि प्रहार भएको कैदिबन्दिको भनाइ छ ।
घटना भएलगत्तै प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख अरुण पौडेल कारागार पुगेका थिए ।
प्रजिअ, प्रहरी प्रमुख र कारागारका जेलरलगायतको टोली समस्या समाधान गर्न छलफलमा रहेका छन् । अहिले घटनाको विषयमा छलफल चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
घटनाको विषयमा समचार संकलन गर्न कारागार पुगेका सञ्चारकर्मीलाई भने कारागार प्रबेशद्धारमै रोक लगाइएको पत्रकार एसवी नेपालीले बताए ।