काठमाडौँ । त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विभिन्न विषय अध्यापन गराउन चाहनेका लागि उपप्राध्यापकदेखि प्राध्यापकसम्मको आवेदन खुल्ला गरेको छ।
त्रिभूवन विश्वविद्यालय सेवा आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर विभिन्न विषयमा उपप्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको हो ।
आयोगले १४ प्राध्यापक, २४ सहप्राध्यापक र पाँच सय ५० उपप्राध्यापक पदमा आवेदन माग गरेको हो। खुला तर्फबाट आवेदन माग गरिएको र आउँदो चैत १४ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ।
प्राविधिक तथा गैरप्राविधिक विषयमा प्राध्यापक माग गरिएको हो। प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय आवेदन दस्तुर लाग्नेछ।