तनहुँ संवादाता ।
अवैध रुपमा नदी उत्खनन् गर्ने दुई वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
व्यास नगरपालिका– ३ स्थित शान्तिनगरबाट अवैध रुपमा नदिजन्य पदार्थ लोड गरी ओसारपोसार गरेको अवस्थामा ग १ क ५००६ नम्वरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै शुक्रबार नै म्याग्दे गाउँपालिका– ३ किलचोक तल सेतीनदि किनारामा बन्द रहेको अकला रुद्रा देवी क्रसर उद्योगबाट अवैध रुपमा चोकर लोड गरी आउँदै गरेको ग १ क ५२०३ नम्वरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘नियन्त्रणमा लिएको दुवै सवारीलाई सम्वन्धित पालिकामा बुझाइएको छ,’ उनले भने ।
नियन्त्रणमा लिएका सवारीबाट रु ३० हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।