पिछा गरेर एकान्तमा पुगेपछि भागरथीको हत्या, हत्यारा नै न्यायको लागि आन्दोलनमा सहभागी

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय किशोरी माघ २१ गते सधैं जस्तै विद्यालय गइन् । तर सनातन धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने भागरथी त्यसपछि फर्किन पाइनन् ।

विद्यालयबाट नफर्किएपछि परिवारका सदस्यले भागरथीको विषयमा प्रहरीलाई खबर ग¥यो । आफन्त पनि उनको खाजीका लागि निस्किए । खोजी कै क्रममा उनको शव विद्यालयबाट घर फर्किने सडकभन्दा ५० मिटर तल नग्न अवस्थामा झाडीमा भेटियो ।

कञ्चनपुरकी निर्मला पन्तको प्रकरण जस्तै नबनोस् भन्दै स्थानीयले आन्दोलन सुरु गरे । भागरथीको हत्यारालाई पक्राउ गरेर कडा कारवाही गर्नुपर्ने उनीहरुको माग थियो । कतै निर्मलाको जस्तै अपराधी पत्ता लाग्दैन कि भन्ने उनीहरुको डर थियो ।

सोही आन्दोलनलाई अग्रपंक्तिमा रहेर साथ दिएका थिए भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्टले पनि ।

आन्दोलनको अग्रपंक्तिमा रहेको भएपनि अन्त्यमा उनै १८ वर्षीय दिनेश भट्टले नै भागरथीको हत्या गरेको खुलासा भएको छ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न भएको आशंकामा दिनेशसंग प्रहरीले सोधपुछ समेत गरेको थियो ।

दिनेशबाहेक अन्य ३ जना प्रहरीको शंकाको घेरामा रहेका थिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा सम्पूर्ण प्रमाण जुटाउँदा दिनेश नै भागरथीको हत्यामा संलग्न भएको पुष्टि भएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार उनलाई आज जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । स्थानीयले घटनाविरुद्ध जारी राखेको आन्दोलनका क्रममा प्रहरीले लगातार निगरानीमा राखेका व्यक्तिहरु नै सहभागी हुन थालेपछि संघर्ष समितिका व्यक्तिहरुसंग आन्दोलन रोक्नका लागि प्रहरीले माग नै गर्नुपरेको थियो ।

प्रहरीका अनुसार दिनेशले पारिवारिक विवादका कारण भागरथीको हत्या गरेको बयान दिएका छन् । आफूहरुको परिवारमा लामो समयदेखि विवाद रहेको र बद्ला लिन भागरथीको हत्या गरेको दिनेशले प्रहरीलाई बयान दिएका छन् ।

स्रोतका अनुसार सो दिनमा दिनेशले भागरथीको विद्यालय बिदा भइसकेपछि नै पिछा गर्दै आइरहेका थिए । भागरथीको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेको बयान प्रहरी समक्ष दिनेशले दिएका छन् ।

दार्चुलाबाट बैतडी जोने बाटोबाट भित्री सडक हुँदै भागरथीको घर जान मिल्ने र सोही बाटोमा एकान्त पनि भएकाले भागरथीलाई घचेटेको उनले बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार लडाइसकेपछि झाडीमा लगेर हत्या गरेको उनले हुन् ।

कमेन्टहरु
Loading...