तनहुँ संवादाता ।
दमौली बजारमा सार्बजनिक धारा नभएपछि व्यास नगर जेसिजले दमौली अस्पतालको गेटमै धारा निर्माण गरेको छ ।
बजार क्षेत्रमा हिँड्ने पैदलयात्री तथा सर्वसाधारणलाई प्यास मेटाउन सहयोग पुग्ने उदेस्यले सार्वजनिक धारा निर्माण गरेको जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।
‘बजार क्षेत्रमा कहीँपनि पानी पिउनको लागि सार्वजनिक धारा छैनन् । किनेर पानी पिउन नसक्नेहरुका लागि निकै समस्या छ । त्यसैले पैदलयात्री तथा अस्पताल आउने सर्वसाधारणको लागि सहज होस् भनेर हामीले दमौली अस्पतालको प्रवेशद्धारमै धारा निर्माण गरेका हौ ।’,उनले भने ।
सुरुमा दुई लाख रुपैयाँको लागतमा धारा निर्माण गर्ने भनिएतापनि निर्माण गर्दै जाँदा तिन लाख रुपैयाँ खर्च पुग्ने अनुमान छ ।
खर्च लागेपनि बजार आएका सर्वसाधारणले पानी पिउन सजिलै पाउन भन्ने उदेश्य रहेकाले सार्वजनिक धारा निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।
निर्माण भएको धारा भक्तपुरे शैलीको कलात्मक छ । धारा आर्कषक मात्र नभएर सबैलाई पायक पर्ने ठाउँमा निर्माण भएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताए ।
सदरमुकाम भएर पनि एउटा पनि सार्वजनिक धारा नहुँदा बटुवालाई पानी किनेर खानुपर्ने बाध्यता छ ।
अव धारा निर्माण भएपछि भने पैदलयात्री र सर्वसाधारणलाई सहज हुने उनले बताए ।