एजेन्सी । चीनले बिबिसी च्यानलमाथि प्रतिबन्ध लगाएको छ ।
करिब १ हप्ता अगाडि बिबिसीले चिनियाँ सरकारी मिडिया सिजिटिएनको आलोचना गरेको भन्दै त्यहाँको राष्ट्रिय रेडियो तथा टेलिभिजन नियाकमले शुक्रबारबाट बेलायती टेलिभिजन च्यानल बिबिसी वल्र्ड न्युजमाथि प्रतिबन्ध लगाएको हो ।
चीनले बिबिसीमाथि प्रतिबन्ध लगाउँदै उक्त च्यानलले आफ्नो देशको राष्ट्रिय एकता तथा राष्ट्रिय स्वार्थमा आँच आउने काम गरेको दावी गरेको छ । १ हप्ता अगाडि बिबिसीले उक्त समाचार प्रसारण गरेर गम्भीर रुपमा नियमको उल्लंघन गरेको समेत आरोप लगाएको छ ।
यता बिबिसी न्युजले आफ्नो च्यानलमा प्रसारण हुने सामाग्रीहरु स्वच्छ हुने दावी गर्दै च्यानललाई प्रतिबन्ध गरेर चीनले गलत निर्णय गरेको बिबिसीले जनाएको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयले समेत चीनको बिबिसी च्यालनलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको छ ।