कर्णालीका ७ जिल्लामा संक्रमितको संख्या शून्यमा

सुर्खेत । कर्णाली प्रदेशका ७ जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दैलेखमा १ हजार ६ सय ८४, जाजरकोटमा १ सय ५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिम २ सय ५७, कालीकोटमा ३ सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो । ती जिल्लाका सबै संक्रमित निको भएसँगै संक्रमण शून्य देखिएको हो । कर्णाली ३ जिल्लामामात्र कोरोना संक्रमणका सक्रिय बिरामी छन् ।

सुर्खेतमा २७, जुम्लामा ३ र डोल्पामा १ जना गरी ३१ जना संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा २ तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेसनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा ३ र डोल्पाको ठूली भेरीका १ जना पनि होम आइसोलेसनमा बसेका छन् ।

कर्णाली प्रदेशमा ९७ हजार २ सय ३९ जनामा पिसिआर परीक्षण गरिएकामा ७ हजार ५ सय ३४ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण कर्णालीमा ३१ जनाको ज्यान गएको छ ।

त्यस्तै ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ । रासस

कमेन्टहरु
Loading...