एजेन्सी । बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि ज्यान गुमाउनेको संख्यामा कमी आएको छैन । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या करिब ७ माहिना पछिकै धेरै देखिन थालेको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको निधन भएको छ ।
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८ सय ५० जना पुगेको बताइएको छ । त्यहाँ अहिले संक्रमणको संख्या बढीरहेका समाचार आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन । थ्यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण सुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३ सय ६४ जना संक्रमित थपिएका छन् ।
त्यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १ सय ४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्काे समाचारमा जनाइए अनुसार बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । रासस