राजनीतिक दलको जनसभाः ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो, नागरिकलाई सास्ती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गर्ने भनेको शक्ति प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जनप्रदर्शनको समय सुरु भएको छैन । तर २ लाख कार्यकर्ता राजधानी उतार्ने दावी सहित विभिन्न स्थानबाट ¥याली निकाल्ने भएपछि प्रचण्ड–नेपाल समुहको जनप्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

यातायात आवागमनलाई व्यस्थित बनाउने प्रयास स्वरुप राजधानीका सडकहरुमा आज बिहानैबाट सवारीसाधन डाइभर्सन सुरु गरिएको थियो । जनप्रदर्शनभन्दा अगाडि नै जाम सुरु भएपछि पुतलीसडक सहित लैनचौर, रत्नपार्क, थापाथली, कालीमाटी लगायत क्षेत्रतर्फ आउने–जाने सवारीसाधनलाई भाइभर्सन गरिएको हो । उल्लेखित क्षेत्रमा साना सवारीासधनलाई समेत भाइभर्सन गरेको छ । यस्तै ठूला सवारीसाधनलाई चक्रपथ प्रवेशमा पूर्ण तरिकाले रोक लगाएर वरिपरी नै रोकिएको छ ।

सडकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि काठमाडौंमा रहेका ट्राफिक जनशक्ति सबैलाई खटाइएको छ । ¥याली जुलुसमा पणिरत भइसकेपछि सडक जाम केही हदसम्म सजह हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...