निर्वाचनको मिति तोकियो, गण्डकी प्रदेशमा वैशाख १७ गते

गन्थन डेस्क

मन्त्रीपरिषद्ले प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ ।

जसअनुसार निर्वाचन दुई चरणमा हुनेछ । पहिलो चरणमा वैशाख १७ गते गण्डकी प्रदेशलगात प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मतदान हुनेछ ।

यसैगरी दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १, बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जनाइएको छ । जसअनुसार १७ गते ४० र २७ गते ३७ जिल्लामा मतदान हुने बताइएको छ ।

पहिलो चरणमा मतदान हुने जिल्लाहरुमा प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा छन् । यस्तै गण्डकीका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र पूर्वी नवलपरासीमा मतदान हुनेछ ।

लुम्बिनीका नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया पनि बैशाख १७ मै मतदान हुने सूचीमा छन् । यस्तै सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा पनि पहिलो चरणमा निर्वाचन हुनेछ ।

त्यस्तै, दोस्रो चरणमा मतदान हुने जिल्लामा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी छन् । वाग्मतीका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं छन् ।

कर्णालीका रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा अाेलीले निर्वाचन अायाेग पुगेर नेकपा नफुटेकाे बताउँदै चुनाव हुने उल्लेख गरेका छन् ।

कमेन्टहरु
Loading...