लमजुङमा अस्थायी साधन प्रयोग गर्ने दम्पती न्युन

लमजुङ । लमजुङमा अस्थायी साधन प्रयोग गर्ने दम्पतीको संख्या न्युन रहेको तथ्यांकले बताएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा रहेका ५३ हजार १ सय ६६ प्रजनन उमेरका महिलालाई परिवार नियोजन साधन प्रयोगधार पु¥याउने लक्ष्य रहेपनि २५ प्रतिशतले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेका छन् । त्यस्तै ३९ हजार ६ सय ६७ महिला तथा दम्पतीले अस्थायी साधन प्रयोग नै गर्दैनन् ।

अस्थायी साधन परिवार नियोजनको लागि मात्रै नभएर मानव स्वास्थ्यको हितका लागि भएको स्वास्थ्य कार्यालय लमजुङका सूचना अधिकारी लेखनाथ उपाध्ययले बताएका छन् । उनले भने, ‘जिल्लामा अस्थायी साधन प्रयोगकर्ता न्यून देखिएको छ ।’ स्वास्थ्य कार्यालय लमजुङको माताहतमा रहेका ९५ स्वास्थ्य संस्थाबाट परिवार नियोजनको अस्थायी साधन निःशुल्क वितरण हुँदै आएको छ । विशेषगरी अस्थायी साधनमा पुरूषले प्रयोग गर्ने कण्डम, महिला तथा पुरूषको स्थायी बन्ध्याकरण, महिलाले प्रयोग गर्ने पिल्स, डिपो, इम्प्लान्ट र आइयुसीडी रहेका छन् ।

सरकारले परिवार नियोजन लक्षित धेरै योजना ल्याए पनि लमजुङका ७५ प्रतिशत दम्पतीले अस्थायी साधन प्रयोग नगर्ने गरेको पाइएको हो । चालू आर्थिक वर्षमा १ हजार ५ सय २६ ले कण्डम, १ हजार ५ सय ५० ले डिपो र ७ सय ९९ जनाले पिल्सको प्रयोग गरेका छन् ।

त्यस्तै, इम्प्लान्ट १ हजार ३२ र आइयुसिडी १ हजार ६ सय ३० जनाले प्रयोग गरेका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा गएर अस्थायी साधन माग्न लाज मान्ने अविवाहित युवतीले प्राइभेट मेडिकलबाट इकोन र आइपिल्स किनेर प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै, जिल्लाको दुर्गम टाढा रहेका बस्तीमा वर्षको २ पटक घुम्ती शिविरसमेत सञ्चालन हुँदै आएको छ । जिल्लाका दम्पतीमध्ये श्रीमान् विदेश जानु, महिलाले मेडिकलबाट अस्थायी साधन लैजाने गर्नाले सरकारी रेर्कडमा स्थायी साधन प्रयोग गर्ने प्रजनन् महिलाको तथा दम्पतीको संङ्या कम भएको हुन सक्ने सूचना अधिकारी उपाध्ययको भनाई छ ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार ६ हजार ९ सय ६२ ले स्थायी बन्ध्याकरण गरेका छन् ।

दम्पतीले मात्र होइन, अविवाहितले समेत कण्डम र पिल्स बढी प्रयोग गर्ने गरेका छन् । तर विवाहित दम्पतीका पुरूषले अस्थायी साधनमा स्थायी बन्ध्याकरण र कण्डमले पहिलो स्थान पाएको छ भने विवाहित महिलाले स्थायी बन्ध्याकरण गर्ने, न्यून मात्रमा पिल्स, अधिक मात्रमा डिपो, आइयुसीडी, इम्प्लान्ट प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कमेन्टहरु
Loading...