प्रथम मस्र्याङ्दी अध्यक्ष ब्याडमिन्टन कपको उपाधी रोहित र सुवासको जोडीलाई

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका ३ खुदिमा आयोजीत जिल्ला स्तरीय पुरुष खुल्ला प्रथम मस्र्याङ्दी अध्यक्ष ब्याडमिन्टन कपको उपाधी भोटेवडारका यूवाहरुले हात पार्न सफल भएका छन् ।

२८५७ औं सोनाम ल्होसार पर्वको अवसरमा अयोजित प्रतियोगीताको उपाधी भोटेवडारका रोहित गुरुङ र सुवास श्रेष्ठको जोडीले हात पारेका हुन् । उपाधी हात पारेसँगै उनीहरुले नगद २० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरका छन् ।

यस्तै द्धित्तीय हुन सफल मस्र्याङ्दी उस्ताका बिनोद तामाङ र रोहित घलेको जोडीले नगद १२ हजार कप, मेडल र प्रमाणपत्र पाए भने, सेमिफाइनलका उपविजेता २ जोडीले पनि पुरस्कार प्राप्त गरेका हुन् । सेमिफाइनलमा उपविजेता बेसीसहरका कृष्णलाल प्रधान र प्रल्हाद बोहोराको जोडी र खुदीका अमृत तामाङ र प्रदिप तामाङको जोडिले नगद २५ सय र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा जिल्लाभित्रका विभिन्न स्थानका ३६ जोडीले सहभागिता जनाएका थिए । शुक्रबारदेखि सञ्चालित प्रतियोगिताका विजयीहरुलाई सोमबार १ कार्यक्रमका बीच आयोजक क्लबका अध्यक्ष अमृत तामाङ र मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार प्रदान गरेका हुन् । खेल क्षेत्रमा युवाहरुको सक्रियता अझ बढाउनुपर्नेमा जोड दिँदै खेल क्षत्रको विकासका लागि गाउँपालिका सदैव लागिपर्ने अध्यक्ष गुरुङको भनाई छ ।

कमेन्टहरु
Loading...