पोखरा । भलिबलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लबले अक्षयकोष स्थापना गरेको छ । क्लबका मानार्थ सदस्य समेत रहेका स्वर्गीय बस्नेतको स्मृतिमा क्लबले अक्षयकोष स्थापना गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिएका छन् ।
कास्की जिल्लामा रही भलिबलको विकासमा उत्कृष्ट योगदान पु्याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद १० हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले बताएका छन् । उक्त अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली वनाउन क्लबले कार्य समिति सदस्य एवं भलिबलका पूर्व राष्ट्रिय खेलाडी योगेन्द्र ब.बस्नेतलाई जिम्मेवारी दिएको छ ।
खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका स्वर्गीय बस्नेत भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष रहेका थिए ।