गन्थन डेस्क
संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले संस्कृतका गुरु गोपालदत्तलाई जन्मदिनको शुभकामना दिएका छन् ।
अमरज्योती हाइस्कुल, गोरखामा संस्कृतसँगै नैतिक आचरणका व्यवहारिक पाठ पढाएको भन्दै गुरु गोपालदत्तलाई सुस्वास्थ्यको शुभकामना दिएका हुन् । उनले उक्त शुभकामना आफ्नो र २०२६ को ब्याचकोतर्फबाट उल्लेख गरेका छन् ।
डा. भट्टराइले सोही स्कुलबाट २०२६ सालकाे एसएलसी परीक्षामा बोर्डफस्ट गरेका हुन् । यतिबेला भट्टराई गोरखामै रहेका छन् ।