प्रवासी मञ्च अष्ट्रेलिया : कास्कीका अनिल र प्रकाशसहित ८७ जना सदस्य थपिए

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था प्रवासी एकता मञ्च अष्ट्रेलियाको नयाँ सदस्यमा कास्कीका अनिल खड्का र प्रकाश सुवेदी मनोनित भएका छन् ।

कार्यसमिति बिस्तार गर्दै मञ्चले ८७ जना नयाँ सदस्य थप गरेको छ । यससंगै  १ सय ३५ सदस्यीय कार्यसमिति बनेको छ।

सदस्यद्धय मध्य खड्का अनेरास्ववियू जनप्रिय क्याम्पस कमिटीका पूर्व अध्यक्ष हुन् भने सुवेदी युवा संघ कास्कीका नेता हुन् ।

मञ्चका अध्यक्ष रमेश पाण्डेद्धारा जारी विज्ञप्तीमा नयाँ कार्यसमिति सदस्यसहित सल्लाकार समिति बिस्तार गर्दै ११ सदस्यीय बनाइएको छ ।

विज्ञप्तीमा कानुनी राज्य र विधिको शासन विपरितको कार्य कसैबाट पनि हुन नहुने उल्लेख गरिएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल बनाउने राष्ट्रिय आकांक्षमा कुठाराघात हुनु हुदैन भन्ने हाम्रो ठम्याइ छ’,विज्ञप्तीमा भनिएको छ ।

कमेन्टहरु
Loading...