बगर भाइखलकलाई ‘वालिङ फुटसल कप’ को उपाधि

स्याङ्जा । स्याङ्जाको वालिङमा सम्पन्न प्रथम वालिङ फुटसल कपको उपाधि बगर भाइखलक पोखराले जितेको छ ।

वालिङ नगरपालिका ९ तल्लो वालिङमा (शनिबार) सम्पन्न भएको फाइनल खेलमा टिम वालिङ फुटसललाई ३–० गोल अन्तरले पराजित गर्दै भाइखलकले उपाधि जितेको हो । उपाधिसँगै बगर भाइखलकले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको आयोजकले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त ग¥यो ।

यसअघि प्रतियोगिताको फाइनल खेलमा भाइखलकलाई उपाधि जिताउनका लागि आकाश थपलिया, सुदिप पाठक र प्रशन्न श्रेष्ठले समान १/१ गोलको योगदान दिएका थिए । तल्लो वालिङमा दोस्रो फुटसलको रुपमा गत शुक्रबारदेखि सञ्चालनमा आएको वालिङ फुटसलले आयोजना गरेको उक्त प्रतियोगितमा कुल १६ टिमको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...