म्यानमारमा सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द

एजेन्सी । सैनिक ‘कु’ पश्चात् म्यानमारमा सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम समेत बन्द भएको छ ।

अर्को आदेश नभएसम्मका लागि सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राम प्रयोगको अनुमति बन्द गरिएको म्यानमारको ठूलो इन्टरनेट प्रदायकमध्येको एक कम्पनी टेलिनोरले पुष्टि गरेको छ ।

बिहीबार सैन्य अधिकारीहरुले स्थिरताका लागि भन्दै फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएका हुन् ।

यतिबेला म्यानमारमा आङ सान सुकीसहितका नेता तथा प्रतिनिधिहरुलाई हिरासतमा राखिएपछि विरोधहरु बढ्दै गएको छ ।

हिजो शुक्रबार पनि यांगुनमा एकै स्थानमा भेला भएर विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुले हिरासतमा राखिएका सुकीसहितका नेताहरुको पक्षमा प्रदर्शन गरेका थिए ।

प्रहरी दस्तावेजका अनुसार अवैध तरिकाले सञ्चारका विभिन्न सामाग्रीहरु भित्र्याएको तथा बिना अनुमति प्रयोग गरेको आरोप लगाउँदै सुकीलाई अहिले घरमा नै नजरबन्दमा राखिएको छ ।

कमेन्टहरु
Loading...