सरकारविरुद्धको संयुक्त आन्दोलनका विषयमा कांग्रेसले सोचेको छैनः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व तथा समृद्धिको आवश्यकता रहेकोमा जोड दिंदै अस्थिरतातर्फ धेकेल्ने कुनै पनि कार्य गर्न नहुने बताएका छन् ।

आज तनहुँको दमौलीमा रिपोर्टस् क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले मात्र देशको विकास गर्न सक्ने बताएका थिए । हालको राजनीतिक धुर्वीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको उनको भनाई थियो । हालको राजनीतिक परिस्थितिको सदुपयोग गर्दै कांग्रेसले आफ्नो हैसियत, उत्ररदायित्व बुझेर काम गर्नुपर्नेमा पौडेलले जोड दिएका छन् । झण्डै २ तिहाईको मत प्राप्त गरेर बनेको हालको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको उनले आरोप लगाएका छन् ।

सरकारविरुद्ध अन्य राजनीतिक दलहरुसंगको सहकार्यमा संयुक्त आन्दोलन गर्ने विषयमा हाल केही नसोचिएको बताउँदै वरिष्ठ नेता पौडलले आन्दोलनबाट नभएर अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको कार्यक्रममा स्पष्ट पारेका छन् । पार्टीको विधानलाई बचाएर कांग्रेसलाई समेत बचाउनुपर्ने अवस्था आएको उनले बताए ।

कमेन्टहरु
Loading...