अवैध सालको काठसहित दुई पक्राउ

तनहुँ संवादाता।

प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका –८ देउरालीटारका ५० वर्षीय ध्रुवराज पाण्डे र सोही ठाउँका ४१ वर्षीय चन्द्रबहादुर रिमाल रहेका छन्।

पाण्डेले अवैध सालको काठ आफ्नो बारीमा परालले ढाकी लुकाइछिपाइ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले बारीमा लुकाइराखेको अवस्थामा सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘लुकाइछिपाइ राखेको अवस्थामा ४२ क्युफिट बराबरको सालको बोक्रासहितको १२ थान काठ फेला पारिएको हो,’ उनले भने ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान भैरहेको छ ।

कमेन्टहरु
Loading...