लमजुङ । लमजुङ प्रहरीले लागुऔषध सहित १ जना युवक पक्राउ गरेको छ । बेसीशहर नगरपालिका ८ शेराबाट मस्र्याङ्दी गाउँपालिका ९ बस्ने बर्ष २४ का सन्तोष परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध लिएर हिँडेका छन् भन्ने सुचनाको आधारमा प्रहरी हवलदार निर्मल बस्नेतको कमाण्डमा खटीएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध सहित परियारलाई पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताएका छन् । उनको साथबाट प्रहरीले फेनारागन एम्पुल १० थान, डाइजेपाम एम्पुल १० थान, लुपिगेसिक १० थान र सिरिन्ज ३ थान बरामद गरेको छ ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी थापाकोे भनाई छ ।