ट्यांकरसँग बस ठोक्किएर आगलागी हुँदा ५३ जनाको मृत्य

काठमाडौँ । क्यामरुनमा ट्यांकरसँग ठोक्किएर यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बस दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको इकोनोमिक टाइम्सले जनाएको छ । मृत्यु हुनेमा १० जना महिला र चार जना बालबालिका छन् ।

क्यामरुनको मध्यम पश्चिममा पर्ने ुक्लिफ अफ डिस्चाङुमा दुर्घटना भएको समाचारमा उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु
Loading...