नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

काठमाडौं । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर २ हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २ सय ८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ ।

आज कारोबार भएका कुल १२ उपसमूहमध्ये ७ उपसमूहको शेयर ओरालो लागेको छ भने ५ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६, सामूहिक लगानी कोष ०.०५ ले उकालो लाग्दा होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन ४९.६ र जीवन बीमा ८८.५८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ६० करोड ३७ लाख ४० हजार ७ सय १९ बराबरको कारोबार भयो । यसैगरी नबिल बैंक ३३ करोड १७ लाख ३ हजार ५ सय ७९, एनसीसि बैंक ३१ करोड ३५ लाख ६१ हजार ९ सय ७१, एनआइसी एसिया बैंक २९ करोड ७६ लाख ४१ हजार ५ सय ३३, नेपाल बैंक लिमिटेड २८ करोड ६० लाख ८९ हजार ७ सय ४६, नेपाल पुनरबीमा कम्पनी २३ करोड ७ लाख ५० हजार २ सय ८५, कुमारी बैंक २२ करोड ४३ लाख ९१ हजार ५४, शिखर इन्स्योरेन्स कम्पनी १९ करोड ४२ लाख ५४ हजार ७ सय ३१ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ५५ लाख ३ हजार ६ सय ७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको शेयर उकालो लाग्दा १ सय ७ कम्पनीको ओरालो लाग्यो भने ५ कम्पनीको कुनै परिवर्तन भएन । कारोबारका आधारमा आज नागरिक लगानी कोषको शेयरमा सकारात्मक सर्किट लाग्यो । सो कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए ।

गुराँस लघुवित्त ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६, राष्ट्रिय बीमा कम्पनी ७.८१ र एनआरएन इन्फास्चरका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाए । यसैगरी श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रागेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५, सपोर्ट माइक्रोफाइनान्स ४.४३, सबैको लघुवित्त ४.३९ र वेस्ट फाइनान्सका लगानीकर्ताले ३.८९ प्रतिशतले गमुाए । रासस

कमेन्टहरु
Loading...