विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई आज मोडल जांग्मु शर्पासंग विवाह बन्धनमा बाँधिएका हुन् । ४९ वर्षीय मुख्यमन्त्री राई तथा २३ वर्षीय शर्पाले आज राजधानीको एउटा पार्टी प्यालेसमा थोरै व्यक्तिको सहभागितामा विवाह गरेका हुन् । विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल पुगेका थिए । स्रोतका अनुसार कोरोना भाइरसको महामारीका कारण मुख्मन्त्री राईको विवाहमा थोरै संख्यामा मात्र जन्ती लगिएको थियो । उनीहरुले मौलिक परम्परा अनुसार विवाह गरेको बताइएको छ ।

तस्बिरः सामाजिक सञ्जाल

कमेन्टहरु
Loading...