लाइसेन्सको परीक्षाका लागि फारम भरेपश्चात् ४ देखि ५ महिना लाग्ने

काठमाडौं । गाडीको लाइसेन्स लिनेहरुले परीक्षाका लागि लामो समय कुर्नुपर्ने भएको छ ।

लाइसेन्सका लागि अनलाइनमार्फत् आवेदन दिएपनि आवेदन धेरै आएकाले परीक्षाका लागि ४ देखि ५ महिना पर्खनुपर्ने भएको हो । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार आवेदन दिएकाहरुको सिरियल क्रम लाइन प्रणालीमार्फत् प्राप्त गर्न सकिने भएको छ ।

साथै सोही सिरियल नम्बरका आधारमा नै परीक्षाका लागि आवेदनकर्तालाई बोलाइने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिएका छन् । भुसालका अनुसार अहिले लाइसेन्सका लागि आवेदन दिनेहरुको संख्या बढेको छ ।

भौतिक संरचना बढाउने कार्य समेत नभएकाले आवेदन दिनासाथ परीक्षा दिन नपाइने भएको प्रवक्ता भुसालले जानकारी दिएका छन् ।

लाइसेन्सका लागि अनलाइन प्रणालीमार्फत् फारम भरेकाहरुमध्येलाई कार्यालय खुलेको दिनमा १ सयदेखि १ सय ५० जनासम्मको परीक्षा लिइने विभागले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...