श्रीलंकाद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

एजेन्सी । श्रीलंकाले कोभिड १९ को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ । श्रीलंकाको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलंका आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ । यस अघि श्रीलंकामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलंकाको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलंकाली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलंकाली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलंकाले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिएका छन् । उनले श्रीलंकाको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु सुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलंकाली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिएका छन् ।

उनले यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिएका छन् । यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उहाँले श्रीलंकाको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए । तर यहाँ आउने प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताएका छन् । उनका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५ सय जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ । रासस

कमेन्टहरु
Loading...