स्थानिय बजारमा ६०० ले उकालो लाग्यो सुनको मूल्य

पोखरा । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।

प्रतितोला रु ९२ हजार ५ सय मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १ सय मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६ सयमा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै चाँदी तोलामा रु १५ ले बढेको छ । रु एक हजार २ सय ६० मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार २७५ मूल्य निर्धारण भएको छ ।

कमेन्टहरु
Loading...