मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रमुखले दिए सामूहिक राजीनामा: उपकुलपतिको अभद्र व्यवहार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । बिहीबार उपकुलपतिको कार्यालयमा बसेको बैठकमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् । क्यामपस प्रमुखहरुले प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिकरुपमा राजीनामा दिएको बताएका छन् ।

पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । उपकुलपति सिंहले विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए ।

राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् । यसअघि उपकुलपति सिंहको संलग्नतामा विद्यार्थीमाथि कुटपिट समेत भएको थियो ।

कमेन्टहरु
Loading...