आजदेखि निश्चित अवधिसम्म नेपाली सेयर बजारको ठूलो प्राथमिक सेयर खुल्ला

गन्थन डेस्क । नेपालको सेयर बजारकै सबैभन्दा ठूलो परिमाणको सेयर (आइपीओ) बिक्री आजदेखि खुल्ला भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आजदेखि साधारण आइपीओ बिक्री खुल्ला गरेको हो । अहिलेसम्मै ठूलो आइपीओ जारी गरेको कम्पनीले २० अर्ब पूँजीको ४० प्रतिशत बराबरको सेयर निष्कासन गर्न लागेको छ ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । बैंकले छिटोमा माघ ६ गतेसम्म खुल्ला गर्नेछ ।

उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । आवेदन कम भएको अवस्थामा ढिलोमा १३ गते बन्द गर्ने बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छन् । त्यस्तै नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको शेयर पर्ने निश्चित छ ।

कमेन्टहरु
Loading...