दिपक के श्रेष्ठ
गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा सांसद दिपक कोइरालाले सरकारको कटु आलोचना र तार्किक भनाई राखेका छन् ।
आइतबार छलफलमा रहेको सार्वजनिक महत्व र बजेट कार्यान्वयनको विषयमा प्रवेश गर्दे सांसद कोइरालाले कुन वर्ष कति बजेट खर्च भएको छ भन्ने विषयमा बोल्न आवश्यक नरहेको बताए ।
गणतन्त्रमा पनि बजेट निर्माण र कार्यान्वयनको पाटोमा खासै तालमेल मिल्न नसकेको उनको टिप्पणी थियो । आर्थिक मामिला तथा योजनाका विषयमा छलफल गरिरहँदा सम्बन्धित मन्त्री नै अनुपस्थित रहेको भन्दै कोइरालाले नीति तथा कार्यक्रम बनाइने तर सोही अनुसारको बजेट नबनाइने कारण कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।
‘हामीले अस्थिरताका कारण देखायौ’ उनले भने ‘स्थिर वातावरण बनाउँदा पनि देशको कार्यकारी प्रमुख नै इमान्दार हुँदैनन् भने त्यो बजेट कसरी खर्च गर्छाै ?’
नेताहरु उद्घाटन र शिलान्यासमामात्रै व्यस्त हुन रुचाउने पञ्चायती प्रवृत्ति भएकाले बजेट खर्च गर्न नसकिएको उनको गुनासो थियो । ‘असार १ गते बजेट आउँछ, काम सुरु हुन्छ तर किन पुरा हुँदैन उनले भने ‘हामी इमान्दार छैनौं ।’ उनले थपे, ‘सबैको इमान्दारितामाथि प्रश्न उठेको छ ।’
आजसम्म बजेटको करिब १४ प्रतिशत हिस्सामात्र खर्च हुन सकेको उनले ठोकुवा गरे । जेठ र असारमा टर्च र गाडीको लाइट बालेर रातारात काम हुने शैलीप्रति उनले कटाक्षसमेत गरे ।
यस विषयमा थप्दै उनले भने ‘हामीले नियम राम्रो बनाएर नहुने रहेछ, शासकको नियत राम्रो बनाउनु पर्ने रहेछ ।