स्पेनिस ला लिगामा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित

पाेखरा । स्पेनिस ला लिगामा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै एथलेटिक क्लबका लागि इनाकी विलियम्स र इकर मुनियनले एक एक गोल गरेका थिए ।

यस जितसँगै बार्सिलोनाको ला लिगामा १७ खेलमा ३१ अंक भएको छ र लिगमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । अब बार्सिलोना शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ७ अंकले पछाडी रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछाडी रहेको छ । त्यस्तौ एथलेटिक क्लबको १८ खेलमा २१ अंक रहेको छ ।

कमेन्टहरु
Loading...