सुनको भाउ तोलाको ९६ हजार ४ सय पुग्यो, आजै १ हजार १ सयले मुल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा १ हजार १ सयले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सयमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८ सयमा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला १ हजार ३ सय ३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला १ हजार ३ सय २५ मा सोमबार कारोवार भएको थियो । रासस

कमेन्टहरु
Loading...