जनसेवाको २१ औं साधारण सभा, एक करोड २८ लाख वजेट स्विकृत

पोखरा ८ पुष । जनसेवा वचत तथा ऋण सहकारी सस्था लिमिटेड पुरन्चौर कास्कीले आप्mनो २१ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । सस्थामा रहेर उल्लेख्य योगदान पु¥याएको भन्दै साधारणसभाले दुई जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुनेमा कर्मचारीद्धय टेकवहादुर अधिकारी र चन्द्रमाया गौतम रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सस्थाका सस्थापक एवं समाजसेवी भीमप्रसाद अधिकारीले सहकारीका सात सिद्दान्त अनुरुप सस्थाका हरेक सदस्यको समान सहभागिता गराउन सके सहकारी विकासमा सहयोग प्ुग्ने विश्वास ब्यक्त गर्नुभयो । सस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद गौतमले सस्थाको विकासका लागि आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सस्थाका कोषाध्यक्ष तेजवहादुर अधिकारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७०÷०७१ का लागी वार्षिक कार्यक्रम तथा वजेट र लेखा संयोजक पुस्पराज पौडेलले प्रस्तुत गर्नुभएको लेखा प्रतीवेदनलाई साधारण सभाले स्ुझाव सहित पारित गरेको थियो । गत आर्थिक वर्षमा सस्थाले गरेको कार्य प्रगतीको समिक्षा गर्दै साधारणसभामा उपस्थित सहभागिहरुले आगामी आर्थिक वर्ष २०७१÷०७२का लागी रु एक करोड २८ लाख ८५ हजार को वजेट स्विकृत गरेको सस्थाका शेयार सदस्य कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

गएको वैसाख २६ गते राती कार्यालयमा तोडफोड गरि चोरी गर्ने सम्ुहको हालसम्म पनि पहिचान हुन नसकेकोमा समितिका सदस्यहरुले कार्यक्रममा दुख व्यक्त गरे । कार्यक्रमका सहभागिहरुले तत्कालीन समयमा रु ६ लाख १९ हजार चार सय २० चोरी गर्ने समुहको पहिचान गरी दोसीलाई तत्काल कानुनी कार्वाहीमा ल्याउन प्रशासनसँग माग समेत गरेका छन् । कार्यक्रममा भारती भवन उच्च माविका प्राचार्य दिपक पौडेल, डाफे वचत तथा ऋण सहकारीका अध्यक्ष गणेश प्रसाद पौडेल, राप्रपाका कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनमोर्चाका गोविन्द प्रसाद पौडेल, लिलाधर अधिकारी लगाएतले शुभकामना व्यक्त गनर््भएको थियो ।

कमेन्टहरु
Loading...