काठमाडौं । नवजात शिशुको निधन भए पछि आक्रोशित आफन्तले कीर्तिपुर मोडल अस्पतालमा तोडफोड गरेका छन् । धादिङकी सविना सुवेदीको शिशुको निधन भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका हुन् ।
प्रहरीले अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई हाल महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । हाल मृतक शिशुका आफन्त तथा अस्पताल बीच छलफल भइरहेको छ ।
यता अस्तपाल स्रोतले भने शिशुको पहिलेदेखि नै श्वास नरहेको प्रतिक्रिया दिएको छ ।